• १८ असोज २०८३, आइतबार
  • १२ः२७ दिउँसो

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार ११:३४

२८ मंसिर २०७८ काठमाडौं : सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख सापकोटाले मंगलबार अपराह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

National Life

सामान्यतया संसद् बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने चलन छ । उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग संसद् बैठक तयारीबारे छलफल गर्ने गरिन्छ । सोही अनुसार सभामुखले अपराह्न १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।


प्रतिनिधि सभा अन्तर्गतको १० औँ बैठक मंगलबार दिउँसो २ बजे बस्दैछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया