• १८ असोज २०८३, आइतबार
  • १ः४६ दिउँसो

साताको तेस्रो दिन सुनको मुल्यमा वृद्धि

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार १२:०१

२८ मंसिर २०७८, काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० कायम भएको थियो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया