जिसस काठमाडौंद्धारा लैंगिक हिंसा सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७८ मंसिर २४ गते, शुक्रबार ०७:२२
२४ मंसिर , २०७८ काठमाडौँ : जिल्ला समन्वय समिति काठमाडौंले लैङ्गिक हिंसा सम्बन्धी सरोकावालाबीच अन्र्तगक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समिति काठमाडौंको सभाहलमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जिसस प्रमुख शिवसुन्दर राजवैद्यले महिलाहिंसा अन्त्य गर्नका लागि घर परिबारबाटै अन्त्य गर्न सबैले पहल गर्नुपर्ने बताउनुभयो । सबैले आआफ्नो स्थानबाट लैङ्गिक हिंसा अन्त्य गर्न प्रयास गर्ने हो भने समाजबाट लैङ्गिक हिंसा अन्त्य गर्न सकिने उहाँले जोड दिनुभयो । जिसस उपप्रमुख सरिता दाहालले लैंगिक हिंसा अन्त्यका लागि सबैले एकै पटक प्रयास गर्ने हो भने हिंसा अन्त्य गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता बसन्त अधिकारीले लैंगिक हिंसा नियन्त्रणका लागि भएका संवैधानिक, कानुनी एवम् संस्थागत व्यवस्थाहरुको समग्र अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा अधिकारीले सबै प्रकारका लैंगिक हिंसाको अन्त्यका लागि स्थानीय तहहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै संघ, प्रदेश र स्थानीय तहहरुबीच समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लैंगिक हिंसा निवारणमा स्थानीय तहहरुको भूमिका, लैंगिक विषयका समसामयिक सवालहरु लगायत लैंगिक हिंसा अन्त्यका लागि गर्नुपर्ने कामहरुको सम्बन्धमा छलफल भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्याल, जिल्ला समन्वय समिति काठमाडौंका सदस्यहरु, काठमाडौं जिल्लामा भएका नगपालिकाका सामाजिक विकास शाखाका प्रमुखहरु लगायत जिससका कर्मचारीहरु र महिला हक अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।








प्रतिकृया