• २१ जेठ २०८३, बिहीबार
  • ७:३४ बिहान

‘एल्सभीन’को टेस्ट ड्राइभ सुरु’

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०४:४२

२४ मंसिर, २०७८ काठमाडौँ : चांगन अटो, चीनको अग्रणी प्यासेन्जर ब्रान्डले २ हप्ताको अन्तरालमा आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’ को १००० टेस्ट ड्राइभ गराउन सफल भएको छ। यस प्रिमियम सेडानको पप ९अप सोरुम, २२ नोभेम्बरदेखि सोल्टी होटलमा रहेको छ।


ग्राहकले सोल्टी होटलमा एल्सभीनको टेस्ट ड्राइभबारे जानकारी प्राप्त गर्न सक्नेछन्। टेस्ट ड्राइभका लागि हप्ताको सातै दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ। चांगन अटोले, काठमाडौँ उपत्यकाको विभिन्न अपार्टमेन्टमा गाडी प्रदर्शनका लागि राखिएको थियो।
ती अपार्टमेन्टका निवासीले एल्सभीनको टेस्ट ड्राइभ र सुविधाबारे जानकारी पाएका थिए।

Kamana Sewa

यसबाहेक, ग्राहकले अन९कल टेस्ट राइड पनि लिन सक्नेछन्। साथै, ग्राहकले आफ्नो अनुकूल स्थानमा टेस्ट ड्राइभ लिन सक्नेछन्। सोल्टी होटलमा एल्सभीनको टेस्ट ड्राइभ जनवरी १९, २०२२ सम्म सकिनेछ। यसका साथै विभिन्न हाउजिङमा पनि गाडी डेमोका लागि राखिनेछ। ग्राहकले टेस्ट राइड, सोल्टी होटल अथवा अन९कलद्वारा पनि प्राप्त गर्न सक्नेछन्।

Classic Tech Desktop

प्रतिकृया