• १९ असोज २०८३, सोमबार
  • १०ः४९ बिहान

एकले अर्कालाई प्रधानमन्त्री बनाउँदा पूर्वप्रधानमन्त्रीको संख्या धेरै : प्रचण्ड

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०४:३१

२४ मंसिर २०७८, काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भए पनि यी सबैले एकले अर्कालाई प्रधानमन्त्री बनाएको बताएका छन् ।

National Life

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सहकार्यको संस्कार अनुसार एकले अर्कालाई प्रधानमन्त्री बनाएका कारण नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भएको बताए ।


पूर्ववक्ता भारतीय जनता पार्टीका एक नेताले एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देख्न पाएको भन्दै गरेको टिप्पणीप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘उहाँ भर्खरै यहाँबाट गइसक्नु भएको छ, म उहाँलाई यी सबै पूर्व प्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् भन्न चाहन्थेँ ।’उनले नेपालमा यस प्रकारको अनौठो संस्कृति विद्यमान रहेको पनि बताए । आफूहरुले आपसमा प्रतिस्पर्धा पनि गर्ने गरेको छर जरुरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री पनि बनाउने गरेको उनको भनाइ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया