देउवा प्यानलबाट प्रकाशशरण महामन्त्रीको उम्मेदवार हुने संकेत
प्रकाशित मिति
२०७८ मंसिर २४ गते, शुक्रबार १०:४०
२४ मंसिर २०७८ काठमाडौं: नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महत महामन्त्रीको उम्मेदवार हुने संकेत देखिएको छ । संस्थापन पक्षबाट महत महामन्त्रीको उम्मेदवार हुने पक्का भएपछि महामन्त्रीका दाबेदार विश्वप्रकाश शर्मा, बालकृष्ण खाण, एनपी साउद लगायत नेताहरु ‘रिङआउट’ हुने सम्भावना छ ।
काँग्रेसमा महामन्त्रीका दुई सीट हुने भएता पनि एउटा महामन्त्रीमा कृष्णप्रसाद सिटौला पक्षलाई मिलाउनुपर्ने बाध्यता देउवालाई भएकाले समूहबाट युवा नेता प्रदीप पौडेलले महामन्त्री पाउने सम्भावना बढेको छ ।
देउवा पक्षबाट महामन्त्रीमा बालकृष्ण खाण, एनपी साउद, ज्ञानेन्द्र कार्की, विश्वप्रकाश शर्माको दाबी छ । देउवालाई खाण, साउद र कार्कीमध्ये कसलाई रोज्ने भन्ने सकस छ । आफू भन्दा सिनियर नेता खाण, साउद र कार्कीले महामन्त्रीको उम्मेदवारका लागि देउवामाथि दबाब बढाएपछि शर्माले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारबाट ‘ब्याक’ हुने संकेत देखाएका छन् ।








प्रतिकृया