राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएका त्रिपाठीद्धारा नयाँ पार्टी घोषणा गर्दै
प्रकाशित मिति
२०७८ मंसिर २४ गते, शुक्रबार १०:३७
२४ मंसिर , २०७८ काठमाडौँ : मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने त्रिपाठीले तयारी गरेका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका हुन्।
अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहने छन् । नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने त्रिपाठीले जनाएका छन् । आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने भएकाले अहिले नै कमिटी विस्तार नगर्ने बताउँदै उनले पार्टी घोषणा भइसकेपछि मात्र कमिटी विस्तार गर्ने जनाए।
गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।








प्रतिकृया