• १९ असोज २०८३, सोमबार
  • ९ः२५ राती

सनसिल्क योजनामा तीन जना विजेताले पाए एक लाख

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०९:४८

मंसिर २४, २०७८ ,काठमाडौं : सनसिल्कले सञ्चालनमा ल्याएको दशैं योजनाका विजेताहरु घोषणा भएका छन् । कम्पनीले यो योजनाअन्तर्गत दशैंको समयमा नेपाली नारीहरुलाई शृङ्गार गरेर डिजिटल प्लेटफर्ममा अपलोड गर्न प्रोत्साहन गरेको थियो । जसमा देशभरबाट दुई हजार ८८४ जनाको सहभागिता भएको थियो ।

National Life

कम्पनीले दसैंको समयमा व्यस्त हुने नारीहरुलाई शृङ्गारको समय उपलब्ध गराउन यस्तो योजना ल्याएको बताएको छ । सेप्टेम्बर १४ देखि २३ अक्टोबरसम्म चलेको यो योजनामा सहभागिहरुले आफ्नो हेयर स्टाइल दर्साउन पर्ने थियो । योजनामा सहभागिमध्ये तीन जना विजेता घोषणा भएका छन् । र, उनीहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।


योजनाका विजेता आशिना देउला, ललाना चिमारिया र प्रतिमा कार्की सनसिल्क दसैं भाइब योजनाका विजेता बनेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया