• १७ असोज २०८३, शनिबार
  • ७ः५१ बेलुका

देशभर चिसो बढ्दै

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार १२:०४

२३ मंसिर २०७८, काठमाडौं : हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आंशिक बदली रहेसंगै देशभर चिसोसमेत बढ्दै गएको छ ।

National Life

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज प्रदेश नं १ को भू(भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


रातीसम्म प्रदेश नं १ र प्रदेश नं २ को भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र प्रदेश नं २ का भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया