• १७ असोज २०८३, शनिबार
  • २ः५१ दिउँसो

पत्रकारलाई अपमान गर्नमा चीन संसारमै अगाडि

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार १०:२५

२३ मङ्सिर २०७८ बेइजिङ : पत्रकारलाई बन्दी बनाउनेमा चीन सबैभन्दा अगाडि रहेको एक रिपोर्टले देखाएको छ। रिपोटर्स विदआउट बोडर्स आरएसएफ को एक रिपोर्टले सो तथ्य देखाएको हो ।आरएसएफकाअनुसार चीनले हाल कम्तीमा १२७ संवादातालाई बन्दी बनाएर हिरासतमा राखेको छ । चीनले पत्रकारिताविरुद्ध विश्वव्यापी रुपमा ‘दमनको अद्भुत अभियान’ सञ्चालन गरेको समेत सो रिपोर्टले उल्लेख गरेको छ ।

National Life

चीनले समाजमा विभिन्न समस्या खडा गरेको आरोपमा विभिन्न संवादाता विशेषगरी नागरिक पत्रकारलाई पक्राउ गर्दै आएको बताइएको छ । विश्व कोरोना भाइरस महामारीले प्रेसमाथि झनै ठूलो अंकुश लगाएको समेत आरएसएफको रिपोर्टमा उल्लेख छ ।


सन् २०२० मा वुहानमा कोभिड १९ संकटको रिपोर्टिङ गरेकै आधारमा १० भन्दा बढि पत्रकारहरुलाई चीनले थुनामा राखेको छ । चीन सरकारविरुद्ध आवाज उठाउने र त्यहाँका उत्पीडित एवम् दमनमा परेका समुदायको आवाज उठाउने पत्रकारलाई चीनले बन्दी बनाउने गरेको रिपोर्टमा उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया