• १७ असोज २०८३, शनिबार
  • २ः२१ दिउँसो

महामन्त्रीको स्वभाविक उम्मेदवार हुँ: ज्ञानेन्द्र कार्की

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार १०:२५

२३ मंसिर २०७८ काठमाडौं : नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री पदमा आफू स्वभाविक उम्मेदवार भएको दाबी गरेका छन् । संस्थापन समूहभित्र पदाधिकारीका आकांक्षीको टुंगो लगाउन छलफल भइरहेका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेता कार्कीले महामन्त्रीमा आफ्नो दाबी स्वभाविक भएको बताए । बुधबार संस्थापन समूहका पदाधिकारीका आकांक्षीहरुको बैठकमा पनि उनले महामन्त्रीमा आफ्नो दाबी रहेको बताए ।

National Life

‘पार्टीमा लामो समयदेखि मेरो सक्रियता र योगदानले महामन्त्री पदमा मेरो दावी स्वभाविक हो,’ उनले अनलाइनखबरसँग भने, ‘देशभरका साथीहरूले पनि तपाईं महामन्त्रीमा उठ्नुस, हामी सहयोग गर्छौं भनिरहेका छन् ।’


संस्थापन समूहमा महामन्त्री पदका लागि पाँच आकांक्षी देखिएका छन् । कार्कीसहित सहमहामन्त्री डा। प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, केन्द्रीय सदस्य एनपी साउद र प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा दाबी गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सुनसरी(४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित कार्कीले क्षेत्रीय अधिवेशनबाट २६ जना महाधिवेशन प्रतिनिधि संस्थापन समूहबाट जिताएका छन् ।


नेपाल विद्यार्थी संघमा शेरबहादुर देउवा, विमलेन्द्र निधि पछि कार्की केन्द्रीय अध्यक्ष निर्वाचित भएका हुन् । पार्टीभित्र समन्वयकारी भूमिका खेल्ने नेताको छवि बनाएका कार्की शालिन नेताका रुपमा चिनिन्छन् । ‘उहाँ देउवाको अत्यन्तै विश्वासपात्र नेतामा पर्नुहुन्छ तर पार्टीभित्रको राजनीतिमा उहाँ सधैं गुटभन्दा बाहिर रहनुभयो, जसका कारण सबैले उहाँलाई स्वीकार नेता हुनुहुन्छ,’ संस्थापननिकट एक नेताले भने, ‘उहाँ९कार्की० को समन्ववयकारी भूमिकाकै कारण अन्य राजनीतिक दलहरुसँग छलफल गर्न उहाँ अपरिहार्य जस्तै बन्नुभएको छ, सरकारमा पनि ।’


संस्थापन समूहले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीको नाम सिफारिस गर्न सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिएको छ । बिहीबार मध्यान्ह १२ बजेसम्म नाम बुझाएपछि फेरि पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लगाउन नेताहरु बैठकमा बस्ने संस्थापन समूहका एक नेताले बताए ।

प्रतिकृया