• १७ असोज २०८३, शनिबार
  • ३ः२६ दिउँसो

सभापतिको उम्मेदवार चयन गर्न कांग्रेस संस्थापनइतर समूहको बैठक जारी

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार १०:५७

२३ मंसिर २०७८, काठमाडौं : सभापतिको उम्मेदवार चयनको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरु आजपनि छलफलमा जुटेका छन् । संस्थापनइतर केन्द्रीय सदस्यहरुको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ ।

National Life

संस्थापनइतर पक्षले उम्मेदवार चयनको विषयमा केही दिनयता लगातार छलफल गर्दै आए पनि साझा उम्मेदवार छनोट गर्न असफल भएको छ । सभापति पदमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा। शेखर कोइरालाले दाबी छाडेका छैनन् ।


केन्द्रीय सदस्यहरुको आजको बैठकले उम्मेदवारको विकल्प सुझाउने नेताहरुले बताएका छन् । केन्द्रीय सदस्यहरुको छलफलपछि सभापति पदका आकांक्षीहरुसँग संयुक्त छलफल गर्ने तयारी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई आसन्न १४औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न अझैपनि हम्मेहम्मे परेको छ । यो समूहबाट सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी छन् । यद्यपि सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले यसअघि नै बताएका थिए ।


संस्थापन पक्षबाट भने प्रधानमन्त्री शेरबहादुर देउवा नै सभापति पदको उम्मेदवार बन्ने टुंगो लागेको छ ।

प्रतिकृया