• २० असोज २०८३, मंगलबार
  • ५ः३४ बिहान

टिपरले ठक्कर दिदा प्युठानमा २ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०५:०९

२० मंसिर २०७८, काठमाडौं : प्युठानमा टिपरको ठक्करबाट अटोमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर ३ घुर्चनेका ३५ वर्षीया अमृत थापा र उनका ४ वर्षीया छोरा सुशान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

National Life

आज दिउँसो स्थानीय चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना ८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवी गाउँपालिका ५ स्थित चकचके –चेरनेटा सडकखण्डमा ठक्कर दिँदा उनीहहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।


उनीहरु जुम्रीबाट अटो रिजर्भ गरेर स्वर्गद्वारीतर्फ जाँदै गर्दा टिपरले ठक्कर दिएको हो । प्रहरीले दुर्घटनामा अटोमा सवार प्युठान नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ८ की दुर्गा थापा, ३० वर्षीया पुनम थापा , १६ वर्षीया विपना थापा र १० वर्षीया शुष्मा थापा घाइते भएको जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया