• १९ असोज २०८३, सोमबार
  • ९ः२५ राती

डब्ल्यूएचओले घोषणा नगर्दै नेपालमा भित्रिको थियो ओमिक्रोन

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०२:३३

२० मंसिर २०७८, काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व समुदायलाई गराउनुपूर्व नै नेपालमा उक्त संक्रमण भित्रिसकेको पाइएको छ ।

National Life

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पहिलो पटक नोभेम्बर ९ दक्षिण (२३ कात्तिक)का दिन अफ्रिकामा भेटिएको थियो । विश्व स्वास्थ्य संगठनले २३ नोभेम्बर (७ मंसिरमा) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको जानाकारी गराएको थियो ।


डब्ल्यूएचओले भेरियन्ट अफ कन्सर्नमा राखेको ओमिक्रोन नेपालमा पनि भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार पुष्टि गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी दुई २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको जानकारी दिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रालयका अनुसार ३ मंसिरमा नयाँ भेरियन्ट भेटिएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक नेपाल आएका थिए उनको पीसीआर नेगेटिभ रिपोर्ट थियो भने खोपको दुबै मात्र पूरा गरेका थिए । तर उनी र उनको सम्पर्कमा आएका एक व्यक्तिलाई ७ मंसिरमा कोभिड–१९ संँग मिल्दाजुल्दा लक्षण देखियो । परीक्षण गर्दा दुबैमा कोरोना संक्रमण पुष्टि भयो ।


दुबैको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १९ मंसिरमा नयाँ भेरियन्ट ओमिक्रोन भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


अर्थात नयाँ भेरियन्ट बी.१.१.५२९ बारे दक्षिण अफ्रिकाले डब्ल्यूएचओलाई जानकारी गराउँदा नगराउँदै नेपालमा पनि संक्रमण भित्रिसकेको थियो । सोमबार औपचारिक रुपमा पुष्टि मात्र भएको हो ।

प्रतिकृया