• १७ असोज २०८३, शनिबार
  • १ः३२ राती

अमेरिकामा राष्ट्रपति पदका पूर्वउम्मेदवार डोलको निधन

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ११:०३

२० मंसिर २०७८, काठमाडौं: अमेरिकामा सन् १९९६ मा राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन भएको छ । डोलको ९८ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

National Life

उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । राष्ट्रपति निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए ।


राष्ट्रपति जो बाइडनले डोलको निधनप्रति गहिरो संवेदनना व्यक्त गरेका छन् । डोल आफूले इतिहासमा विरलै देखिएका राजनीतिज्ञ भएको राष्ट्रपति बाइडेनले टिप्पणी गरेका छन् । पूर्व सैन्य अधिकारीसमेत रहेका डोल विश्वयुद्धका समयमा झन्डै मारिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

क्यानसस राज्यबाट प्रतिनिधित्व गर्दै उनी लामो समय सिनेटर बनेका थिए । पूर्व राष्ट्रपति बाराक ओबामाले डोललाई युद्ध नायकको संज्ञा दिएका छन् ।

प्रतिकृया