बागमती कांग्रेस सभापतिमा बानियाँ र केसीबीच फेरी चुनाव हुने
प्रकाशित मिति
२०७८ मंसिर १९ गते, आईतवार १०:२८
१९ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका लागि बानियाँ र केसीबीच पुन: तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि फेरी मतदान हुने भएको छ ।
पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका छन् । जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन् । अब दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका बानियाँ र केसीबीच पुनः निर्वाचन हुने भएकोछ ।
कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान छ । सवैभन्दा बढि मत ल्याएका बानियाँको करबि ४७ ६ प्रतिशत मात्र मत पुगेको थियो । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्ने व्यवस्था भए अनुरुप पुन मतदान गर्न लागिएको हो । ।
उक्त निर्वाचनमा कांग्रेस बागमती प्रदेशमा कूल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । त्यसैले आइतबार बिहान साढे एघार बजेपछि पुनः मतदान गर्ने तयारी भइरहेको निर्वाचन मण्डलका एक सदस्यले जानकारी दिए ।








प्रतिकृया