• १९ असोज २०८३, सोमबार
  • ९ः२४ राती

थप २३८ जनामा कोरोना संक्रमण, एकैदिन पाँच संक्रमितको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर १८ गते, शनिबार ०६:२४

१८ मंसिर , २०७८, काठमाडौं :   नेपालमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६७९७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५२९५ जनाको पीसीआर परीक्षण गर्दा २२० जना र १५०२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो। त्यस्तै एकैदिन पाँच जना संक्रमितको मृत्यु भएको छ।

National Life

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा ३९२ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार ६ हजार ७४४ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया