• १८ असोज २०८३, आइतबार
  • १२ः३१ दिउँसो

सूर्यविनायक नगर अस्पताल जगातीमा मतदाता नामावली संकलन शुरु

प्रकाशित मिति

२०७८ मंसिर १८ गते, शनिबार ०४:१३

१८ मंसिर , २०७८,भक्तपुर : सूर्यविनायक नगरपालिकाले नगर अस्पताल जगाती भक्तपुरमा विशेष मतदाता नामावली संकलन कार्यक्रम गर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाका प्रमुख बासुदेव थापाको अध्यक्षतामा विहीबार बसेको बैठकले नगरपालिकाभित्रका मतदाताहरुको नामावली संकलनलाई व्यवस्थित र सहज बनाउनका नामावली संकलन केन्द्र र छुट्टाछुट्टै मिति तय गरेको छ ।

National Life

बैठकले मतदाता नामावली संकलन कार्यलाई प्रभावकारी बनाउन १५ दिने मतदाता नामावली संकलन सम्बन्धी विशेष कार्यक्रमलाई सफल पार्न जनप्रतिनिधि, राजनीतिक दल तथा कर्मचारी र सुरक्षा निकायलाई सहयोग गर्न समेत नगरपालिकाले अनुरोध गरेको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।


बैठकले शुक्रबार र शनिबार नगरपालिकाका सबै वडाका मतदाताले कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरेको छ भने मंसीर १९ गतेदेखि छुट्टाछुट्टै वडाका मतदाताहरुको नामावली संकलन गर्ने भएको सूर्यविनायक नगरपालिका वडा नं.७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

मंसिर १९ गते नगरपालिकाको वडा नम्बर १ का मतदाताहरुको नामावली संकलन गर्ने व्यवस्था मिलाएको छ भने मंसीर २० देखि २८ गतेसम्म क्रमशः वडा नम्बर २ देखि १० नम्बरका मतदाताहरुको नमावली संकलन गर्ने व्यवस्था मिलाएको छ । यसैगरी मंसीर २९, पुस १ र २ गते सबै वडाका मतदाताहरुले कार्यक्रममा सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिकृया