नेपाली जनसम्पर्क समिति फ्रान्सको दोस्रो अधिबेशन जुम प्रबिधिद्धारा सम्पन्न
प्रकाशित मिति
२०७८ मंसिर १५ गते, बुधबार ०४:२१
१५ मंसिर २०७८, काठमाडौं : फ्रान्सको राजधानी पेरिसमा नेपाली जनसम्पर्क समिति फ्रान्सको दोस्रो अधिबेशन जुम प्रबिधि द्धारा सम्पन्न भएको छ। सहमति, सहकार्य र एकताको संदेश दिदै अधिवेशनबाट पुन दोस्रो कार्यकाल (सन् २०२१-२०२४)का लागि सुधिर रानाको नेतृत्वमा १३ सदस्य कार्यसमिति सर्वसम्मतिबाट चयन गरिएको छ।
हिजो मंगलबार (३० नोभेम्बर) उक्त कार्यक्रम जुम प्रबिधि (अनलाइन)बाट सम्पन्न भएको समिताका एक सदस्यले जानाकारी दिएका छन् । काजनसम्पर्क समिति फ्रान्सका निबर्तमाम सभापति सुधिर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समिति बिभागिय प्रमुख तथा केन्द्रिय सदस्य गोबिन्द भट्टराईको प्रमुख आतिथ्य, केन्द्रिय प्रतिनिधि तथा जनसम्पर्क समिति जर्मनीका पूर्व सभापति दिल गुरुङ र आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले अधिबेशन सफलताको शुभकामना दिएका थिए ।
गैर आवासीय नेपाली संघ फ्रान्सका संथापक अध्यक्ष हरिहर अर्याल, गैर आवासीय नेपाली संघ फ्रान्सका पुर्व अध्यक्ष तथा जनसम्पर्क समिति फ्रान्सका संथापक अध्यक्ष निर्मल अर्याल र फ्रान्स स्थित अन्य संघ सस्थाक प्रतिनिधिहरुले पनि शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रमको संचालन बिकाश केसीले गरेका थिए । त्यस्तै जनसम्पर्क समिति फ्रान्सका तर्फ बाट स्वागत मन्तव्य इन्द्र बस्नेतले दिएका थिए ।
संस्थाको आर्थिक प्रतिवेदन सुजनराज भट्टले प्रस्तुत गरेका थिए । अधिवेशन खुल्ला सत्रको समापन गर्दै जनसम्पर्क समिति फ्रान्सका निबर्तमान सभापति सुधिर रानाले नैतिक तथा सांगठानिक प्रतिबेदन प्रस्तुत गरेका थिए। निर्वाचन समितिका संयोजक तप्त भण्डारीले जनसम्पर्क समिति फ्रान्सको दोस्रो अधिवेशनको निर्वाचन परिणाम घोषणा गरेसंगै अधिवेशनको औपचारी कार्यक्रम समापन गरिएको थियो।
२०२१-२०२४ को लागि चयन गरिएको कार्यसमिति पदाधिकारीहरु:
सभापति : सुधीर राना
उप सभापति : इन्द्र ब. बस्नेत
उप-सभापति : कृष्ण गुरूंग
महामन्त्री : बिकास के सी
सह महामन्त्री : सुजन राज भट्ट
कोषाध्यक्ष : टीकाराम साप्कोटा
सह कोषाध्यक्ष : विराज मल्ल
सदस्य : मैया कटुवाल(जीता)
सदस्य : झबिन्द्र अधिकारी
सदस्य : नवराज वगाले
सदस्य : सुशील भण्डारी
सदस्य : रन्जित भट्ट
सदस्य : सुदीप कंडेल









प्रतिकृया