• २१ असोज २०८३, बुधबार
  • १ः३९ राती

कछुवाको मासु खाँदा सातको मृत्यु, ३८ बिरामी

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ११:४३

१५ मंसिर २०७८, काठमाडौं : तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा एक बालक पनि हुन् । पेम्बा द्धीपका पाँचै जनाले कछुवाको मासु खाएका थिए ।

National Life

तान्जानियाका तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ । उनीहरुको मृत्युपछि स्थानीय प्रशासनले छुवाको मासु खान प्रतिबन्ध लगाएको छ । टर्टल फाउन्डेशन नामक संस्थाका अनुसार कछुवाले खाने विषालु लेउका कारण मासु पनि विष हुन्छ ।


विषालु मासुले विशेष गरी बालबालिका र वृद्धवृद्धालाई नराम्रो अशर गर्ने भन्दै संस्थाले आगामी दिनमा त्यस्तो मासु नखान सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

तान्जेनियामा कछुवाको मासु खाँदा बारम्बार मानिसहरुको मृत्यु हुने गरेको छ । यसअघि मार्चमा म्याडगस्करमा कछुवाको विषालु मासु खाँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया