• २० असोज २०८३, मंगलबार
  • ६ः२७ बेलुका

प्रहरीमा तीन पद थप

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०७:०२

मंसिर १५, २०७८ : प्रहरी नियमावली २०७१ संशोधनसहित तीन पद थप्ने निर्णय भएको छ । सो निर्णयसँगै प्रहरीमा वरिष्ठ सई, सई र असई गरी तीन पद रहने छन् । हाल सई र असई गरी दुई पद रहेका छन् ।

National Life

त्यस्तै हबल्दार पदमा पनि वरिष्ठ हबल्दार, हबल्दार र सहायक हबल्दार दर्जाको व्यवस्था गरिएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार नयाँ थप गरिएका वरिष्ठ सईहरूको सेवा सुविधा प्रहरी निरीक्षकसरह हुनेछ । सई पदमा करिब चार हजार पाँच सय जनशक्ति रहेको छ । गोरखापत्र दैनिकमा यो समचार छ ।

प्रतिकृया