निर्वाचन समितिलाई पूर्णता दिन विमलेन्द्र निधिको माग
प्रकाशित मिति
२०७८ मंसिर १४ गते, मंगलवार ०४:१८
१४ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय निर्वाचन समितिमा तत्काल एक जना मनोनित गर्नुपर्ने बताएका छन् ।केन्द्रीय निर्वाचन समितिको संयोजकबाट वरिष्ठ अधिवक्ता महादेव यादवले राजीनामा दिएपछि हाल निर्वाचन समितिमा ४ सदस्यीय छन ।
कांग्रेसको विधानमा निर्वाचन समिति ५ सदस्यीय हुनैपर्ने व्यवस्था रहेको भन्दै निधिले ५ सदस्यीय समिति नभए निर्वाचनको वैधतामाथि प्रश्न उठ्न सक्ने बताएका हुन् ।
निधिले प्रदेश अधिवेशनअघि नै निर्वाचन समितिलाई पूर्णता दिनुपर्ने बताए । ‘बाँकी अधिवेशन र निर्वाचन गराउन चार जनाले मात्र हुँदैन, नकारात्मक सन्देश जान्छ । ५ जनाको निर्वाचन समितिले तलदेखि माथिसम्मको निर्वाचन गरायो भन्दा राम्रो सन्देश जान्छ’ उनले भने ।
उनले राजीनामा दिएका यादवलाई राजीनामा फिर्ता गराउन लगाउनुपर्ने वा अर्को मान्छे नियुक्त गर्नुपर्ने बताए ।
निर्वाचन समितिका संयोजक यादवले हतारमा राजीनामा दिएको भन्दै निधिले राजीनामा स्वीकृत पनि हतारमै भएको टिप्पणी गरे ।








प्रतिकृया