• १९ असोज २०८३, सोमबार
  • ६ः२३ बेलुका

उद्यमशीलताका लागि नबिल बैंकसँग वीरगञ्ज पब्लिक कलेजको सम्झौता

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०५:०९

१२ मंसिर २०७८, काठमाडौं : वीरगञ्ज पब्लिक कलेजमा व्यावसायिक एवं उद्यमशीलताका शिक्षालाई थप प्राथमिकता दिने उद्देश्यले नबिल बैंकसँग सहकार्य हुने भएको छ । यसका लागि ती दुई निकायबीच सम्झौता समेत भएको हो ।

National Life

निजी क्षेत्रको बैंक नबिलको सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सामाजिक उद्यमीअन्तर्गत प्रदेश नं २ लागि उक्त कलेज र बैंकबीच यस्तो सम्झौता भएको छ । यस कार्यक्रमअन्तर्गत प्रदेश नं २ का १८ देखि ६० वर्षसम्मका उद्यमशीलतामा रुचि राख्ने र समाजलाई सकारात्मक योगदान गर्न चाहने व्यक्तिलाई उद्यमशीलतासम्बन्धी विविध तालिम दिने उद्देश्यले उक्त सम्झौता भएको हो ।


स्थापनाकालदेखि नै आधारभूत शिक्षासँगसँगै व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेको कलेजले अहिलेको समयमा व्यावसायिक एवं उद्यमशीलताका शिक्षाले मात्र देश अनि समाजलाई आर्थिकरूपमा सबल बनाउन सक्छ भन्ने उद्देश्यले विभिन्न व्यावसायिक एवं व्यवसायी बनाउने तालिम प्रदान गर्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

वीरगञ्जमा कुशल व्यवस्थापक र मानवीय व्यावसायिक स्रोतको उत्पादन गर्ने लक्ष्यसहित सो कलेज विसं २०५७ मा स्थापना भई व्यवस्थापनमा प्लसटु, बिबीए, बिबीएस, बीआइएम, एमबीए, एमबीएसको अध्ययन भइरहेको गुणस्तरीय पठनपाठनमा काठमाडौँ बाहिरका कलेजमा उत्कृष्टता प्रदान गर्दै आएको हो ।

प्रतिकृया