• २० असोज २०८३, मंगलबार
  • ६ः५४ बेलुका

आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०१:३५

१२ मंसिर २०७८, काठमाडौं : पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । शनिबार बिहान करिब १० बजे भएको आगलागीमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

National Life

जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको हो । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो ।


रुम्बाको काठ र टिनले बनेको घरमा आगलागी भएको हो । सोलारको व्याट्रि सर्ट भएर आगलागी भएको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

घरका अभिभावक बाहिर गएका बेला घरमा आगलागी भएको थियो । विकट क्षेत्र भएकाले खबर बाहिर आउन ढिला भएको हो । आगलागीबाट घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा पूर्ण रुपमा जलेर नष्ट भएको छ

प्रतिकृया