गुल्मीमा कांग्रेसको जिल्ला सभापतिको मतदान रोकियो
प्रकाशित मिति
२०७८ मंसिर ११ गते, शनिबार ०५:४४
११ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापतिका लागि भएको मतदान रोकिएको छ । शुक्रबार सुरु भएको अधिवेशनमा सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर उम्मेदवार छन् । जिल्ला सभापतिको उम्मेदवारमा आकांक्षीको रुपमा उभिएका पन्थी पौडेल पक्ष र थापा देउवा पक्षधर नेता हुन् ।
एक स्थानीय तहको मतदान चलिरहेका बेला केही मतपत्रमा संकेत गरेको भेटिएको भन्दै विवाद भएपछि मतदान स्थगित गरिएको हो । रोकिएको मतदान सुरु गर्ने विषयमा छलफल गर्न उम्मेदवारसहितको बैठक शुक्रबार साढे ४ बजे बोलाइएको कांग्रेसको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए । सभापति चयनका लागि शनिबार बिहान मतदान सुरु भएको थियो ।
दुई जना जिल्ला उपसभापतिका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ । जसमा अनन्तराम पौडेल, शिबबहादुर खत्री, झबिन्द्र बिश्वकर्मा, सुर्दशन खनाल र बिष्णुकुमारी सापकोटाबीच प्रतिस्पर्धा भएको छ ।
दुई जना जिल्ला सचिव पदका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ । सचिवमा पृथ्वीबहादुर फौजदार, जगदिस भट्टराई, भगतसिंह खड्का, थम्मनबहादुर केसी र पूर्ण केसीले उम्मेदवारी दिएका छन् ।
दुईजना सहसचिव पदका लागि ४ जनाबीच प्रतिस्पर्धा भएको छ । धर्मराज पाण्डे, रेशम कुँवर, छविलाल पाण्डे र निरज मरासिनीले सहसचिवमा उम्मेदवारी दिएका छन् । जिल्ला सदस्य पदमा ५० जना भन्दा बढीले उम्मेदवारी दिएका छन् । जिल्ला कार्यसमितिमा ७ पदाधिकारीसहित ४५ सदस्यीय हुनेछ ।








प्रतिकृया