• 5:00 pm

प्रधानन्यायाधीशबारे दुई-तिन दिनभित्र गठबन्धनले निर्णय गर्ने प्रधानमन्त्रीको बारलाई जवाफ

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ०२:०८

१० मंसिर २०७८, काठमाण्डौ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबारे पाँचदलीय गठबन्धनले दुई तिन दिनभित्र निर्णय गर्ने बताएका छन् । नेपाल बार एशोसिएसनका पदाधिकारी र आन्दोलनरत कानून व्यवसायीहरुसँग बालुवाटारमा आज बिहान भएको छलफलमा प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश जबराबारे गठबन्धनले छिट्टै निर्णय गर्ने बताएका हुन् ।


प्रधानन्यायाधीशको राजिनामा माग गर्दै आन्दोलनरत नेपालबारले अब उनीबारे आफ्नो संवैधानिक दायित्व पूरा गर्न संसदका सबै राजनीतिक दललाई आग्रह गर्दै आएको छ । प्रधानन्यायाधीशले संविधानको मर्म अनुसारको स्वतन्त्र न्यायपालिका कायम नराखेको भन्दै उनलाई अब संसदले महाअभियोग लगाउनुपर्ने भन्दै बारले सबैदलका नेतालाई ज्ञापनपत्र बुझाइसकेको छ ।


पछिल्लो पटक सर्वोच्च अदालतको नियमावली संशोधन गरेर १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ । नेपाल बारले जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने अडान लिएको छ ।

प्रतिकृया