• २० असोज २०८३, मंगलबार
  • ८ः१९ बिहान

८ वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ०५:२३

९ मंसिर २०७८, काठमाडौं : निमित्त प्रहरी महानिरीक्षक एआईजी निरज बहादुर शाहीले प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ८ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नबाट सुशोभन गरेका छन् । दर्ज्यानी चिह्नबाट सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू बिकाश राज खनाल, सुदीप राजभण्डारी, अनुराग कुमार द्विबेदी, राजेन्द्र सिंह खड्का, योगबहादुर पाल, टीका बहादुर केसी, ध्रुबराज राउत र भोला बहादुर रावल छन् ।

National Life

मन्त्रीस्तरको मंसिर ७ गतेको निर्णयानुसार उनीहरू प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका हुन् । सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले पदोन्नती भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै जिम्मेवारीलाई थप सजग र इमानदारसाथ कार्यसम्पादन गर्न शुभकामना दिए ।


कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया