• २० असोज २०८३, मंगलबार
  • ७ः२० बेलुका

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ०२:२६

९ मंसिर २०७८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको १०औं महाधिवेशनमा सम्बोधन गर्ने भएका छन्। देउवा भोलि (शुक्रबार) चितवन जाँदैछन् । उनले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले नेताहरुले जनाएका छन् ।

National Life

यसअघि नै महाधिवेशनमा अतिथिको रुपमा बोलाएकोमा जाने निर्णय गरिसकेका देउवाले उद्घानको दिन सम्बोधन गर्ने भएका हुन् ।


चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्ने कार्यक्रम रहेको छ । उनी हेलिकप्टरबाट चितवन जाने कार्यक्रम रहेको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

एमालेले वक्ताको रुपमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई पनि निम्तो दिएको छ । तर, दाहालले भने आफू जाने-नजाने बारे अहिले कुनै तय नभएको जनाएका छन् ।

प्रतिकृया