नयाँ पुस्तालाई सचिव पदमा स्थान नदिए एमाले पुरातन सोच भएको पार्टी हुन्छ: महेश बस्नेत
प्रकाशित मिति
२०७८ मंसिर ९ गते, बिहीबार १२:०३
९ मंसिर २०७८, काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले सचिव पदमा नयाँ पुस्तालाई स्थान नदिए एमाले पुरातन भएको पार्टी हुने बताएका छन् ।
आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले सहमति वा निर्वाचन जे भए पनि सचिव पदमा कम्तीमा ५० प्रतिशत युवा पुस्ता आउनुपर्ने बताएका हुन् ।
सचिव पद पदाधिकारीको प्रवेश विन्दु भएको भन्दै उनले नयाँ पुस्तालाई स्थान नदिए एमाले पुरातन विचार भएको पार्टी बन्ने बताएका हुन् ।।
‘सचिव पोष्ट भनेको पदाधिकारीको इन्ट्रान्स पोइन्ट हो । यो इन्ट्रान्स गेट बन्द गरेर सहमति हुँदैन,’ सचिव पदमा दाबी गर्दै आएका बस्नेतले भने, ‘यो सचिव पोष्टमा चाहिं सहमतिको आधारमा पनि ७ जनामा कमसेकम ४ जना न्यू इन्ट्रीलाई समावेश गराउनुपर्छ । यदि त्यस्तो गरिएन भने हाम्रो पार्टी त पुरातन विचार राख्ने बुढाखाडाहरुको गफ गर्ने चौतारीमा परिणत हुन्छ ।’








प्रतिकृया