• २० असोज २०८३, मंगलबार
  • ६ः३१ बेलुका

सर्वोच्चका न्यायाधीशहरुको फुलकोर्ट आज बस्दै

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ११:४२

९ मंसिर २०७८, काठमाडौँ : सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बिहीबार दिउँसो बस्दैछ। फुलकोर्टको बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्नेबारे औपचारिक निर्णय गर्नेछ।

National Life

गएको सोमबार गोलाप्रथा लागू गर्ने गरी संशोधन भएको सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ गतेदेखि लागू गर्ने तयारी न्यायाधीशहरुले अघि बढाएका हुन्।


बुधबार न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको सक्रियतामा भएको न्यायाधीशहरुको अनौपचारिक छलफलले बिहीबार फुलकोर्ट बैठक बसेर गोलाप्रथा लागू हुने मिति तय गर्ने सहमति भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

न्यायाधीशहरुले गोलाप्रथामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सहभागी नहुने प्रतिबद्धता खोजेका छन्। बिहीबार दिउँसो बस्ने फुलकोर्ट बैठकबाट सो प्रतिबद्धता राणाबाट औपचारिक रुपमा गराउने पक्षमा न्यायाधीशहरु छन्।


फुलकोर्टको निर्णयलाई कानुन मन्त्रालय हुँदै मुद्रण विभागले राजपत्रमा प्रकाशित गरेपछि गोलाप्रथा कार्यान्वयन गर्न बाटो खुल्नेछ।

प्रतिकृया