• २० असोज २०८३, मंगलबार
  • ३ः२० दिउँसो

स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीलबाट १२ घण्टा नबित्दै राजीनामा

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ११:०६

९ मंसिर २०७८, काठमाडौं : स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् । उनले नियुक्त भएको १२ घण्टा नपुग्दै राजीनामा दिएकी हुन् ।

National Life

सोसल डेमोक्रेटिक पार्टीकी नेता समेत रहेकी एन्डर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घण्टा नबित्दै पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।


गठबन्धन सरकारको साझेदार रहेको ग्रिन पार्टीले समर्थन फिर्ता लिएपछि एन्डर्सनको राजीनामा आएको हो । उनको राजीनामासँगै स्विडेनमा राजनीतिक अन्यौल भएको समाचारमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

तर उनले सभामुखलाई एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्रीमा नियुक्त हुने अपेक्षा गरेको पनि बताइन् । ‘मैले सभामुखलाई प्रधानमन्त्री पदबाट मुक्त गर्न भनेकी छु’, पत्रकार सम्मेलनमा बोल्दै एन्डर्सनले भनिन्, ‘म एकल पार्टीको नेतृत्वको सोसल डेमोक्रेट सरकारको नेतृत्व गर्न तयार छु ।’


गठबन्धन सरकारले ल्याएको बजेट संसदबाट अस्वीकृत भएपछि ग्रिन पार्टी सरकारबाट बाहिरिएको थियो । तर प्रधानमन्त्रीका लागि संसदमा हुने चुनावमा एन्डर्सनको पक्षमा मतदान गर्ने उक्त पार्टीले प्रस्ट पारेको छ ।


त्यस्तै, वामपन्थी दल लेफ्ट पार्टीले समेत एन्डर्सनलाई नै मतदान गर्ने बताएको छ । तर सेन्टर पार्टीले मतदानमा सहभागी नहुने बताएको छ ।


बुधबार प्रधानमन्त्रीको रुपमा एन्डर्सन नियुक्त भएकी थिइन् । विगत सात वर्षदेखि अर्थमन्त्री रहँदै आएकी ५४ वर्षीया एन्डर्सनलाई बुधबार प्रधानमन्त्री नियुक्त गरिएको थियो ।


स्विडेनमा महिलाले मतदान गर्ने अधिकार पाएको १ सय वर्षपछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रतिकृया