• १९ असोज २०८३, सोमबार
  • १०ः०२ राती

एकैदिन साढे ४ लाख कोरोनामुक्त, ७ हजार ५ सयको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ०७:०७

९ मंसिर २०७८, काठमाण्डौ : विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ५० हजार ४४१ जना कोरोनामुक्त भएका छन् । ओल्डोमिटरको तथ्यांकअनुसार यही अवधिमा ७ हजार ५ सय जनाको मृत्यु भएको छ । त्यसैगरी थप ६ लाख १४ हजार १९९ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

जसअनुसार अमेरिकामा मात्रै ९४ हजार ८८३ जना थपिदा निको हुनेको संख्या ५७ हजार ४११ रहेको छ । त्यहाँ एकैदिन एक हजार ४४४ जना संक्रमितको मृत्यु भएको छ ।


रुसमा ३३ हजार थपिँदा ४२ हजार बढी संक्रमणमुक्त भए । पछिल्लो दिन एक हजार २४० जनाले कोरोनाका कारण ज्यान गुमाए । यसअघि बुधबार ५ लाख २५ हजार ७२६ जना कोरोना संक्रमित थपिएका थिए । युरोपमा कोरोना भाइरसको दैनिक संक्रमण दर बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया