• १९ असोज २०८३, सोमबार
  • ११ः२० राती

प्रधानन्यायाधीश जबराले पैसा लिएर गरेका फैसलाका सूचना संकलन गरिरहेका छौँ : बार अध्यक्ष श्रेष्ठ

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार ०२:५४

६ मंसिर २०७८, काठमाडौं : नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना संकलन गरिरहेको बताएक छन् । उनले यस्तो सुचना भए उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका छन्।

National Life

उनले प्रधानन्यायाधीश जबराले गरेको फैसलाले विकृति, विसंगति, विचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै नेपाल बारले पनि प्रधानन्यायधीशले गरेको फैसलाको अध्ययन र संकलन गरिरहेको बताएका छन् । सोमबार पनि सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले उक्त सुचना दिएका हुन् । त्यस्तै, प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीलाई उनले आग्रह समेत गरेका छन्।


‘म विनम्र अनुरोध गर्दछु, उहाँले गर्नुभएका कर्तुत, विवादित प्रधानन्यायाधीश संलग्न भएको जति पनि फैसलाहरु छ, जसले गर्दा विसंगति, विकृति, विचौलिया र भ्रष्टाचार भइरहेको छ, ती फैसलाहरु नेपाल बार एशोसिएशनले संकलन, अध्ययन गरिरहेको छ, तपाईहरुसँग भएको, तपाईहरुलाई अन्याय परेको, तपाईहरुसँग अत्यन्त पैसा लिएको फैसलाहरु बारमा दिनुहुनको लागि विनम्र अनुरोध गर्दछु,’ उनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसला राखेर जनताको बीचमा पेश गरिने बताए। उनले न्यायालयमा विकृति र विसंगति भइरहेको भन्दै कानून व्यवसायी आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दा समेत राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको आरोप लगाए।


अध्यक्ष श्रेष्ठले राज्यको महत्वपूर्ण अंगमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिए।


‘हाम्रो यो हप्ताको कार्यक्रम अन्तर्गत, जो दलहरू अझै पनि कानमा तेल र मुखमा बुझो लगाएर बसिरहनु भएको छ, के न्यायपालिका राज्यको अंग होइनरु राज्यको एउटा महत्वपूर्ण अंगमा यो अवस्था आउँदा चुप लागेर बस्ने होरु’ उनले भने, ‘हामीले किन राजीनामा मागिरहेका छौँ भन्ने कुरा आज हामी प्रतिनिधिसभामा सहभागी भएका राजनीतिक दल र संसदीय दलमा राजीनामा किन भन्ने कुरा दिन गइरहेका छौं, २ बजे आज कार्यक्रम छ, त्यसपछि राजीनामा किन मागेका छौँ भन्ने कुरा डिटेल्समा तपाईहरुको बीचमा राख्नेछौँ।’


अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताए। उनले प्रधानन्यायाधीश जबराले धनाढ्यहरुको मुद्दामा मात्रै काम गरिरहेको तर १५-१६ वर्ष अघिका मुद्दा नहेरेको दाबी समेत गरे।

प्रतिकृया