• २१ असोज २०८३, बुधबार
  • २ः५७ राती

दुलही बनिन् प्रविशा

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार ०५:५८

५ मंसिर २०७८, काठमाडौं : गायिका प्रविशा अधिकारी बेहुली बनेकी छन् । उनी आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भको भएको हो । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने थियो ।

National Life


गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित थियो । बिहेमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको बुझिएको छ ।


गायिका प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले केही दिनअघि मात्र इन्गेजमेन्ट गरेका थिए । निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् । चर्चित गायिका प्रविशा अहिले ‘द भ्वाइस किड्स’की कोच समेत हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया