६५ हजार रुपैयाँ भन्दाबढी नक्कली नोटसहित ५ जना पक्राउ
प्रकाशित मिति
२०७८ मंसिर २ गते, बिहीबार ०८:०१
२ मंसिर, २०७८ काठमाडौँ : महानगरीय प्रहरी बृत बौद्धबाट खटिएको टोलीले ६५ हजार रुपैयाँ भन्दाबढी नक्कली नोटसहित ५ जना पक्रेको छ। इन्द्रावती गाउँपालिका ८ सिन्धुपाल्चोकी ६५ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापा मगर, रामेछापको शिरुवारी गाउँपालिका २ का २६ वर्षीय समरोज थापा मगर, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ का १९ वर्षीय चिरञ्जिवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती पक्राउ परेको जनाइएको छ ।
उनीहरुको साथबाट ६५ हजार ३६५ रुपैयाँ नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग गरिने उपकरणहरु समेत प्रहरीले बरामद गरेको छ। उनीहरुले १०० दरका १५०० थान नोटहरु बजारमा पठाइसकेको खुलेको छ।
गोकर्णेश्वरको दक्षिणढोकामा केही व्यक्तिले नक्कली नोटबाट सामान खरिद गर्न लागेको सूचनाका आधारमा प्रहरीले खोजतलास थाल्दा गोमा श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।
Related
Recent News
- कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
- यस चाडपर्वको अवसरमा केटीए बाइकसँग विशेष राइडिङ्ग गियर!
- विनायकमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम
- भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु
- उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष
- संबैधानिक परिषदको बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने
- लक्ष्मी सन्राइज बैंकले गर्यो वीरगंजमा सेवा विस्तार
- ज्योति विकास बैंकका ग्राहकहरुलाई “साइन इखाडोल फिटनेस एण्ड रिक्रियसन सेन्टर प्रा.लि.” मा विशेष छुट
- वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न प्रचण्डको आग्रह
- चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया