• २० असोज २०८३, मंगलबार
  • ९ः४१ राती

उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक बस्दै

प्रकाशित मिति

२०७८ कार्तिक ३० गते, मंगलवार १२:३७

३० कार्तिक, २०७८ काठमाडौँ :  सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज मंगलबार बैठक बस्दै छ । बैठक दिउँसो २ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रबाट समितिको सदस्य रहेका नेता नारायणकाजी श्रेष्ठले बताए ।

National Life

उनका अनुसार सिंहदरबारमा बस्ने बैठकमा छलफल गरेर एजेण्डा तय गर्ने तयारी छ । ‘पहिलो बैठक हो । बैठकमा त्यहीँ छलफल गरेर विषयवस्तु तय गरिन्छन्’, नेता श्रेष्ठको भनाइ छ ।


समितिको संयोजक नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न भन्दै गत कात्तिक २२ गते ५ दल र सरकारका प्रतिनिधि समेत रहने गरी ११ सदस्यीय समिति गठन गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया