• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

देउवालाई प्रकाशमानको चेतावनी- डडेल्धुरामा प्रहरी घेरामा गरिएका वडा र पालिका अधिवेशन मान्दैनौँ

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार १२:५५

२९ कार्तिक, २०७८ काठमाडौँ :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डडेल्धुरामा वडा र पालिकास्तरीय अधिवेशन प्रहरीको घेरामा गरिएको भन्दै स्वीकार्य नहुने चेतावनी दिएका छन् । कांग्रेस जिल्ला समिति, काठमाडौंले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेल्धुरामा प्रहरीको घेरामा वडा र पालिका अधिवेशन गरिएकाले त्यो मान्य नहुने चेतावनी दिएका हुन् ।


उनले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेल्धुरामा गरिएको अधिवेशन मान्न नसकिने बताए । क्रियाशील सदस्यताको विवाद देखिएका ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टी केन्द्रीय समिति बैठकले गरेको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि सभापति देउवालाई उनले आग्रह गरे ।

Kamana Sewa

नेता सिंहले विधि र नियम उल्लंघन गरेर पार्टी नेतृत्वले सधैँ कार्यकर्तालाई अन्याय गरेकाले आफूहरूले राजनीतिक न्यायको खोजी गर्नु परेको बताए ।

Classic Tech Desktop

उनले सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त जनाए । नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै बूढानीलकण्ठ नदेखेको झैँ गरेर सभापति देउवाले आफ्नै निवासमा केन्द्रीय समितिको बैठक बोलाएकोमा आपत्ति जनाए ।

प्रतिकृया