• ६ असोज २०८३, मंगलबार
  • १ः२१ दिउँसो

नाटकमा पचली भैरव

प्रकाशित मिति

२०७८ कार्तिक २७ गते, शनिबार ०३:१३

२७ कार्तिक, २०७८ काठमाडौँ : उपत्यकाको ऐतिहासिक पचली भैरव र भैरव जात्रालाई कलाकारले मञ्चन गरेका छन्। टेकुको कौशी थिएटरमा बिहीबारबाट पचली भैरव र भैरव जात्राको कथामा आधारित नाटक मञ्चन गरिएको हो।

National Life

लामो समयदेखि जात्राको रूपमा मनाउँदै आएको उक्त नाचलाई यस पटकदेखि नाटकका रूपमा प्रदर्शन गरिएको नाटकको निर्देशन, कथा लेखन तथा परिकल्पना चन्द्रमान मुनिकारले जानकारी दिए।


जात्रा मञ्चनका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। पचली भैरवको स्थापना र १२ वर्षे जात्रामा देखाइने कथाहरू समावेश गरी नाटकीय शैलीमा नाटक तयार पारिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नाटकमा काठमाडौंको धार्मिक आस्था र यससँग सम्बन्धित घटनाको कथालाई समेटिएको छ। नाटकमा सुदनमान मुनिकार, सृष्टिना मुनिकार, अनिसा श्रेष्ठ, सानुमैयाँ महर्जन, संगीता थापा, पवित्रा राई, सिर्जना शर्मा, युवहाङ् राई, रोशनी चौधरी, करिना सुनुवार र इंगिहोयो कोइच सुनुवारलगायत कलाकारले अभिनय गरेका छन्।



किंवदन्ती अनुसार किराँती राजा यलम्बर पञ्चलिंगेश्वर ९ बागमती विष्णुमती दोभान०मा साधना गरिरहेका बेला उनीसँग स्थानीय नेवार समुदायकी छोरी रुक्मिणीसँग भेट भयो। उनीहरूबीच प्रेम बढ्दै गयो। तर, उनीहरूको प्रेम वियोग भयो। त्यसपछि उनीहरू पचली भैरवको १२ वर्षे मेलामा संयोगले भेट भएको किंवदन्ती छ। यो कथालाई नाटकमा समेटिएको छ।


नेपाल मण्डलमा पचली भैरवको उत्पत्ति र दक्षिण भेगको सुरक्षासँग सम्बन्धित प्रसंग, भैरव, अष्टभैरव, अष्टमातृका, गणेश अजिमाका शास्त्रीय नाचहरू नाटकमा हेर्न पाइन्छ। पचली भैरवलाई भैरवहरूमध्येका प्रमुख मानिन्छ।

प्रतिकृया