• 5:51 am

३९७ संक्रमित थपिँदा ३ जनाको मृत्यु, सक्रिय संक्रमित ७, ४९८

प्रकाशित मिति

२०७८ कार्तिक २६ गते, शुक्रबार ०३:५४

२६ कार्तिक, २०७८ काठमाडौँ :  पछिल्लो २४ घण्टामा देशभर ३९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३५५ र एन्टिजेन परीक्षणबाट ४७ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।


२४ घण्टामा ९ हजार १३४ नमुनाको पीसीआर परीक्षण र १ हजार९३२ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ११ हजार ६६ गरिएको छ । ३६८ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ।


अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार ४९८ छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १६ हजार ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ३७ पुगेको छ ।


हालसम्म ७ लाख ९७ हजार ४४८ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४६९ पुगेको छ । २४ घण्टामा ९३ हजार ६९५ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया