• १९ असोज २०८३, सोमबार
  • ८ः५१ राती

बारको धर्ना सकियो, सर्वोच्च छिर्ने सेवाग्राहीको लाइन

प्रकाशित मिति

२०७८ कार्तिक २६ गते, शुक्रबार ०१:३९

२६ कार्तिक, २०७८ काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै गरेको नेपाल बार एसोसिएसनको आजको धर्ना सकिएको छ ।प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेश गर्न नदिने उद्देश्यका साथ आज कानुन व्यवसायी धर्नामा बसेका थिए । तर, प्रधानन्यायाधीश जबरा अर्कै गेट प्रयोग गरी कार्यालय प्रवेश गरेका थिए ।

National Life

कार्यपालिकासँग राजनीतिक भागबण्डा खोजेकोसहितका आरोप लगाउँदै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार निरन्तर आन्दोलनमा उत्रिएको छ ।


बारको आजको धर्ना सकिएसँगै सेवाग्राहीले सर्वोच्च अदालत प्रवेश पाएका छन् । सर्वोच्च प्रवेश गर्ने सेवाग्राहीको लाइन नै लागेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया