• २० असोज २०८३, मंगलबार
  • ७ः३१ बिहान

प्रदेश १ मा नबिल र सहजले साना तथा मध्यम कृषि उद्यमको वित्तीय प्रवर्द्धन गर्ने

प्रकाशित मिति

२०७८ कार्तिक २५ गते, बिहीबार १०:२८

२५ कार्तिक, २०७८ काठमाडौँ :  नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ।

National Life

आफ्ना ग्राहकहरुलाई गुणस्तरीय र नवीनतम बैंकिङ सेवा प्रदान गर्ने बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहजबीच प्रदेश नम्बर १ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम प्रवर्द्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो।


नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले एक समारोहबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त अवसरमा नबिलका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकले सदैव वित्तीय समावेशीकरणलाई प्राथमिकता दिदै आएको र कृषि क्षेत्रमा गरिने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।


स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर कार्कीले जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसर सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्विस कन्ट्याक्ट नेपालले विश्वास गर्ने बताए।


नबिल बैंकले समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसात गर्दै स्विस कन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैंकलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र प्रदेश १ स्थित कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी गरेको हो।


नबिलका देशभर १३५ वटा शाखा, १८८ एटीएम, ७ एक्सटेन्सन काउन्टर र एकहजार ५०० भन्दा बढी रेमिट एजेन्टहरु रहेका छन्।

प्रतिकृया