• २१ असोज २०८३, बुधबार
  • १२ः२८ राती

प्रधानन्यायाधीशले आफूसहितको इजलास तोके

प्रकाशित मिति

२०७८ कार्तिक २२ गते, सोमबार ११:४२

२२ कार्तिक, २०७८ काठमाडौँ : तिहार बिदापछि सोमबार खुलेको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहितको इजलास तोकेका छन् । यसअघि नेपाल बार एशोसिएसनले उनलाई इजलासमा नबस्न सुझाव दिँदै आएको थियो । सोमबार प्रधानन्यायाधीश जबराले ६ वटा इजलास राखेका छन् । तीमध्ये उनले एउटा इजलासमा आफूलाई पनि राखेका हुन् ।

National Life

उनले न्यायाधीश कुमार चुडालसँग पूर्ण इजलासमा आफूलाई राखेका छन् । यद्यपि ६ वटै इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र छन् । सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाका लागि इजलासमा नबस्ने अडान लिएपछि केही यता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसी चढाउन थालिएको हो ।


सर्वोच्च अदालतका अधिकांश न्यायाधीश र बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन सुझाव दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया