• २० असोज २०८३, मंगलबार
  • ५ः३४ बिहान

चिसो मौसममा देखिने रोग र यसबाट बच्ने उपाय

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ०१:४३

२१ कार्तिक, २०७८ काठमाडौँ : मौसम परिवर्तनसँगै अहिले केही चिसोपनाको अनुभव हुँदै आएको छ। बिहानी हुस्सु र दिउँसोको घामले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुँदैछ। तर वातावरणसँगै हाम्रो शरीरमा के कस्ता प्रभाव पर्छन् अनि त्यस कारण स्वास्थमा के कस्ता असर पर्न सक्छन् त भन्ने कुरामा हामी सजक हुन पर्दछ। गर्मी मौसममा देखिने रोगहरु र जाडो मौसममा देखिने रोग केही फरक हुने गर्दछ। गर्मी मौसममा बिशेषत ज्वरो (भाइरल ज्वरो, टाइफाइड, डेंगु आदि), छालाको रोगहरु, आँखाका संक्रमण, मौसमी फ्लूका बिरामी बढी मात्रामा देखिने गर्दथ्यो।

National Life

तर अब चिसो मौसम बढ्दै जाँदा चिसो मौसममा देखिने र पहिले भएका दीर्घकालिन बिरामीमा संक्रमणको जोखिम बढ्दै जाने गर्दछ। यो लेखमा चिसो मौसममा देखिने रोग र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे केही जानकारी दिने प्रयास गरिएको छ।


१. सामान्य मौसमी रुघाखोकी
चिसोसँगै रुघा लाग्ने, खोकी लाग्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ। यो मौसमी फ्लू भएका हुनाले केहिदिनको अन्तरालमा आफैँ निको हुने र गाह्रो भएको खण्डमा केही एलर्जी हटाउने औषधि र ज्वरो देखा परेमा प्यारासिटामोल मात्रै लिन सकिन्छ। यस्तो अबस्थामा चिकित्सकको सल्लाह बिना र अन्य संक्रमण नभएको अवस्थामा एन्टिबायोटिक्स औषधिको प्रयोग आवश्यक पर्दैन।

Classic Tech Mobile
Classic Tech Desktop

२. दम (COPD & Asthma)
माथी प्रयोग भएका शब्दावली COPD भन्नाले चुरोट वा धुँवाको कारणले दीर्घकालीन रुपमा फोक्सो बिग्रेको अबस्थामा लाग्ने दम भन्ने बुझाउँछ र Asthma भन्नाले कुनै पनि एलर्जीले हुने दम भन्ने बुझाउँछ। यस्ता रोग लागेका बिरामी वर्गले चिसो मौसममा विशेष ध्यान पुर्‍याउन नसकेको खण्डमा छातीको संक्रमणको जोखिम बढ्ने गर्दछ। निमोनिया, ब्रोन्काइटिस जस्ता रोग लागी अस्पतालमा भर्ना हुनु पर्ने अवस्था आउन सक्दछ भने कहिले काँही छातीको गम्भीर संक्रमणले ज्यान पनि जान सक्दछ। दम भएका बिरामीले आफूलाई न्यानो राख्ने, तातो पानीको सेवन गर्ने, आफूले दमका लागि प्रयोग गर्दै आएका औषधिको नियमित सेवन, चिकित्सकसँग निरन्तर सम्पर्कमा बस्नुपर्दछ।


३. घाँटी तथा माथिल्लो श्वासनलीका संक्रमण
चिसो समयमा घाँटी तथा माथिल्लो श्वासनलीका संक्रमणहरु सामान्यतया धेरै नै देखिन्छ। टन्सिल संक्रमण हुनेदेखि श्वासनलीमा संक्रमण हुने हुँदा बिरामीलाई घाँटीमा दुखाइ हुने, निल्न गार्हो पर्ने, खोकी लाग्ने, रुघा लाग्नेदेखी कहिलेकाहीँ ठूलै संक्रमणसम्म देखा पर्ने हुन सक्दछ। त्यस्तो समस्या आएमा चिकित्सकको सल्लाहमा सामान्यदेखि कहिलेकाहीँ एन्टिबायोटिकको सेवन पनि आवश्यकता पर्दछ।


४. फ्रोस्ट बाइट
फ्रोस्ट बाइट अर्थात शीतदंशर तुषारागात।अत्यधिक चिसोको सम्पर्क मा हाम्रो शरीर आउँदा शरीरमा भएको तातोपना कम हुँदै जाने र अनन्त चिसोबाट शरीरका भागहरु जम्ने समस्या तुषारागात हो। यो विशेषगरी औंलाहरुमा, नाकमा, कानमा देखिने गर्दछ। यसबाट बच्न चिसो मौसममा हात गोडामा मोजा पन्जा लगाउने, न्यानो टोपी कपडा लगाउने र अत्यन्त जरुरी नपर्दासम्म घर बाहिर ननिस्कने गर्नु पर्दछ।


५. जोर्नी दुख्ने समस्या
जोर्नीमा हुने समस्या जस्तै बाथ (Rheumatoid Arthritis) का रोगीहरुले विशेषत जाडो मौसममा झनै बढी ध्यान दिन आवश्यक हुन्छ। बाथ रोग लागी औषधिको सेवन गरि रहेका बिरामीमा चिसोको कारण दुखाइ बढ्ने जोर्नी सुन्निने समस्या बढेर जान सक्छ। त्यसकारण त्यस्तो बिरामी वर्गले आफूलाई चिसोबाट बचाउन विशेष ध्यान दिनु पर्दछ।

प्रतिकृया