• ३१ भदौ २०८३, बुधबार
  • ५ः४५ बेलुका

जसपाबाट निर्वाचित वडाध्यक्ष काँग्रेसमा प्रवेश

प्रकाशित मिति

२०७८ कार्तिक २० गते, शनिबार ०९:३१

२० कार्तिक, २०७८ काठमाडौँ : विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। वडाध्यक्ष आलमसहित विराटनगर महानगरपालिका-१७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन्।

National Life

शुक्रबार उनीहरुलाई काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो। पार्टी प्रवेशपछि कार्यक्रममा वडाध्यक्ष आलमले नेपाली काँग्रेस​लाई एकढिक्का र मजबुत बनाउन आफू सधैँ लाग्ने बताए।

प्रतिकृया