• २ असोज २०८३, शुक्रबार
  • १ः३६ राती

पाँच दलीय गठबन्धनले मिलेर चुनाव लड्छ : माधव नेपाल

प्रकाशित मिति

२०७८ कार्तिक १६ गते, मंगलवार ०१:०१

१६ कार्तिक, २०७८ काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताएका छन् । तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने उनले बताए ।

National Life

गृह जिल्ला रौतहट आएका नेता नेपालले मंगलबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिले अर्ली इलेक्सन आवश्यक नभएको बताए । चुनावलाई कम खर्चिलो बनाउन तीनै तहको निर्वाचन एकै साथ गर्नेमा उनको जोड छ ।


प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको विवादको विषयमा सत्तारुढ गठबन्धनका नेताहरु बसेर छलफल गर्ने उनले बताए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री विदेशबाट फर्किएपछि हामी छलफल गर्छौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका नेता नेपालले उनी निरंकुश र एकल शासन रुचाउने व्यक्ति भएको बताए । उनले ओली प्रवृतिबाट देशलाई मुक्त गर्न जरुरी रहेको समेत धारणा राखेका छन् ।

प्रतिकृया