• २२ जेठ २०८३, शुक्रबार
  • ८:१० बिहान

संक्रमितको संख्या घट्यो, मृत्यु हुने बढी

प्रकाशित मिति

२०७८ कार्तिक १३ गते, शनिबार ०५:१९

१३ कार्तिक, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर ३७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २९७ र एन्टिजेन परीक्षणबाट ७५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ५ हजार ३१६ नमुनाको पीसीआर परीक्षण र २ हजार ५९५ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ७ हजार ९११ गरिएको छ ।


९११ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ९ हजार ५२६ छ ।

Kamana Sewa

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १२ हजार १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ ।

Classic Tech Desktop

हालसम्म ७ लाख ९१ हजार २६९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३९९ पुगेको छ।

प्रतिकृया