• २१ असोज २०८३, बुधबार
  • ९ः१२ बिहान

नेतृत्व गर्न देउवाले पार्टीलाई अस्तव्यस्त बनाएः प्रकाशमान सिंह

प्रकाशित मिति

२०७८ कार्तिक ७ गते, आईतवार ०३:३१

७ कार्तिक, २०७८ काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितीमा राखेको आरोप लगाएका छन्। आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली कांग्रेसलाई बेथितीमा राखेको आरोप लगाएका हुन्।

National Life

उनले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वमा कब्जा गर्ने निहित उद्देश्यले अहिले पार्टीलाई नै अस्तव्यस्त पारेको बताउँदै कांग्रेसलाई सबल बनाउन र गुटबन्दीबाट मुक्त गर्नु अहिलेको आवश्यक्ता भएको बताए।


उनले पार्टी सभापति देउवा कांग्रेसलाई गतिशिल बनाउन असक्षम सावित भइरहेको आरोप लगाए। नेता सिंहले मधेशमा नागरिकता दिन ढिलासुस्ति गरिएको बताउँदै यसलाई समाधान गर्न संविधानको मर्म र ऐनअनुरुप काम गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेसको अहिलेसम्मको इतिहास हेर्दा १४ औँ राष्ट्रिय महाधिवेशन जस्तो किचलो र अस्तव्यस्त कहिल्यै नभएको बताउँदै अझै पनि दुई वटा जिल्लामा क्रियाशील सदस्यताको टुंगो नलागेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

नेता सिंहले भने, ‘सम्मानजनक जिउनका लागि, जुन अहिले मधेशमा नागरिकताको ढिलासुस्ति भइरहेको छ। संविधानको भावनाको मर्म, ऐनहरु बनाएर कार्यान्वयन गर्नुपर्नेमा ढिलासुस्ति भइरहेको छ। यो राष्ट्रिय मुद्दाले मधेश र सबै नेपाली जनतालाई पिरोलिरहेको छ। यी मुद्दाहरुलाई चाँडो भन्दा चाँडो टुंग्याउनु पर्छ। अहिलेको जस्तो १४ औँ महाधिवेशनजस्तो अस्तव्यस्त अहिलेसम्म भएको थिएन।


अधिवेशन प्रारम्भ भएपनि क्रियाशील सदस्यताको टुंगो अझै दुईवटा जिल्लामा लागिसकेको छैन। ४र४ पटक महाधिवेशनको तिथिमिति तोकिसकेको र सजिलै सारिएको छ। १३ औँ महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले, आफ्नो स्वार्थका लागि काम गरेका छन्, पार्टीलाई सभापति र सदस्यले बेथितीमा राख्न पाइन्न।’


नेता सिंहले मधेसमा देखिएको नागरिकता सहितको समस्याहरुलाई अविलम्ब सरकारले समाधान गर्नुपर्नेमा जोड दिँदै कांग्रेसको कमजोरीको कारणले कम्युनिष्ट सत्तामा आएको र अहिले पनि कांग्रेसले आफ्नो आचरणमा सुधार गर्नुपर्ने बताए।


पदाधिकारीहरुले महाधिवेशनलाई सामान्य रुपमा लिएर चाररचार पटक मिति परिवर्तन गरेको भन्दै उनले अब कुनै हालतमा पनि मिति सार्न नदिने दाबी गरे। आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको नेता सिंहले बताए।

प्रतिकृया