• 7:39 pm

साताको पहिलो दिन नेप्से बढ्यो, ‘ट्रेडिङ’बाहेक सबै उपसमूहमा हरियाली

प्रकाशित मिति

२०७८ कार्तिक ७ गते, आईतवार ०३:१८

७ कार्तिक, २०७८ काठमाडौँ :   पुँजी बजार परिसूचक -नेप्से, साताको कारोबारको पहिलो दिन आइतबार बढेको छ। नेप्से २७.५१ अंकले बढेर २ हजार ५ सय ८३.९७ विन्दुमा पुगे‍को छ। आइतबार ट्रेडिङबाहेक अन्य सबै उपसमूहको सूचक बढेका छन्।


फाइनान्स उपसमूहको सूचक चार प्रतिशतभन्दा बढीले बढे‍को छ। बेस्ट फाइनान्स र रिडि हाइड्रो पावर कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ। रिलायन्स फाइनान्स, युनाइटेड मोदी हाइड्रो पावर,मानुषी लघुवित्त, सपोर्ट लघुवित्त र बरुण हाइड्रो पावरको शेयर मुल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ।


५८ लाख १८ हजार २८ शेयर कित्ताको खरिद विक्री भएकामा २ अर्ब ७७ करोड २४ लाख २० हजार एक सय ३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रतिकृया