• २१ असोज २०८३, बुधबार
  • ५ः१५ बिहान

एनसेलले कार्तिक २९ गते दोस्रो वार्षिक साधारण सभा गर्ने

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार ०४:१०

६ कार्तिक, २०७८ काठमाडौँ :  एनसेल आजियाटा लिमिटेडले दोस्रो वार्षिक साधारणसभा कार्तिक २९ गते लैनचौर स्थित आफ्नै कर्पोरेट कार्यालयमा सभा गर्ने भएको छ । कम्पनीले सभामा कम्पनीको ऋण सम्बन्धमा र आर्थिक वर्ष ७७ र ७८ मा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलापहरुमा गरेको खर्च अनमोदन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

National Life

कम्पनीको अनुसार सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफारनोक्सान हिसाब तथा नगद प्रवाह लगायत वितिय विवरण पारित गर्ने, कम्पनीको लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा छ ।


यसैगरी, सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०७७ र ७ ८ को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने, सञ्चालकको पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरु पारित गर्ने लगायतका प्रस्ताव पेश गर्ने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया