आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
प्रकाशित मिति
२०७८ कार्तिक ५ गते, शुक्रबार १२:०५

५ कार्तिक, २०७८ काठमाडौँ : नेपाल राष्ट्र बैंकका अनुसार आज आज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२० रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै, युरोपियन यूरो आज एकको खरिददर १३९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ आज एकको खरिददर १६४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०१ पैसा र बिक्रीदर १३० रुपैयाँ ६६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८९ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४८ पैसा र बिक्रीदर १० रुपैयाँ ५३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा रहेको बैंकले जनाएको छ । यस्तै, साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिकृया